जाजरकोटमा प्रदेशसभा तर्फ कांग्रेसको ‘क्लिन स्वीप’

जाजरकोट । जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह र (ख) मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए । यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए ।


तपाईको प्रतिक्रिया