माओवादीले खाता खोल्यो

म्याग्दी। नेकपा माओवादी केन्द्रले म्याग्दी प्रदेशसभा क्षेत्र २ बाट खाता खोलेको छ । नेकपा माओवादी केन्द्रका रेशमवहादुर जुग्जाली निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका यामबहादुर गर्वुजालाई १०१ मतान्तरले हराउँदै माओवादीले पहिलोपटक खाता खोल्न सफल भएको छ । जुग्जालीले ९ हजार ४५४ मत ल्याउँदा गर्वुजाले ९ हजार ३५३ मत प्राप्त गरेका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका डेगबहादुर पुनले ६५६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मिठुकुमारी थापाले ४१ मत पाएका छन् ।


तपाईको प्रतिक्रिया