हेड गठबन्धनद्धारा निगरानी

 

सुर्खेत ।
जिल्ला स्थित हेड गठबन्धनले सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाबारे निगरानी गरेको छ । जिल्लाका दुई सामुदायिक विद्यालय र दुई स्वास्थ्य संस्थामै पुगी हेड गठबन्धनका सदस्यहरुले सेवा निगरानी समुहले नीतिगत व्यवस्था र अनुगमन गर्दाको अवस्थावारे अध्ययन गरी आवश्यक सल्लाह सुझाव प्रदान गरेको छ । कार्यक्रमको आयोजना सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित पारस्परिक जबाफदेहिता परियोजनाले गरेको हो । सो निगरानी समूहमा ११ जनाको सहभागिता रहेको छ ।
सो समुहले भेरीगंगा नगरपालिका वाड न १३ मा रहेको लालीगुराँस माध्यामिक विद्यालय र सोही नगरपालिका ११ मा रहेको शिखर माध्यामिक विद्यालय रामघाट सोही नगरपालिका वाड ११ स्वास्थ्य चौकी रामघाट त्यसै गरी भेरीगंगा नगरपालिका वाड न १२ रहेको मा स्वास्थ्य चौकी छिन्चुमा स्थलगत रुपमा अनुगमन तथा छलफल गरी सेवा निगरानीको मापदण्ड अनुसार सूचना संकलन समेत गरेको छ ।
हेड गठबन्धनले ति सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्थापन समिती, शिक्षक, स्वास्थ्यकर्मीसंंग प्रत्यक्ष रुपमा भेटघाट र छलफल गरी हालको अवस्थाको वारेमा जानकारी लिएको हो ।
भेरीगंगा नगरपालिका वाड न १३ मा रहेको लालीगुराँस माध्यामिक विद्यालय र सोही नगरपालिका ११ मा रहेको शिखर माध्यामिक विद्यालय रामघाटमा सो हेड गठबन्धनले सेवा निगरानी समुहले शिक्षक विद्यार्थीसँग अन्र्त्क्रिया, वैठकहरुमा वालवालिकाको सहभागिता, विद्यालय व्यवस्थापन समितीको वैठक र गरीएका निर्णय, सामाजिक परिक्षण, भौतिक पुर्वाधार, कक्षा कोठाको व्यवस्थापन, पाठ्यसामग्रीको सहज उपलव्धता र पुस्तकालयको प्रयोग, खानेपानी र सरसफाईको अवस्थावारे अवलोकन गर्नुका साथै छलफल समेत गरेको थियो । सोही अबसरमा लालीगुराँस माध्यामिक विद्यालयमा कक्षा ९ र १० विद्यार्थीलाई सामाजिक जबाफदेहिताका औजारहरुको बारेमा जानकारी गराइयको थियो ।
त्यसैगरी सो समुहले विद्यालय खुलेको र पठनपाठन भएको दिन, शिक्षकको नियमितता, विद्यार्थीको सिकाई उपलव्धी, गुनासो व्यवस्थापन, आय व्ययको सार्वजनिकीकरण, छात्रवृत्ति वितरण प्रक्रिया लगायतका विषयमा जनप्रतिनिधी, व्यवस्थापन समितीका पदाधिकारी र शिक्षकहरुसंग अन्र्त्क्रिया पनि गरेको थियो ।
सामुदायिक विद्यालयको सुदृढिकरणका लागि राम्रा कार्यहरुको चर्चा गर्दै सो निगरानी समुहले सुधार गर्नुपर्ने पक्षवारे आवश्यक सल्लाह सुझाव पनि प्रदान गरेको थियो । सो निगरानी समुहका संयोजक कर्णाली प्रदेश पत्रकार महाँसघका अध्यक्ष दुर्गा थापाले नीतिगत रुपमा सामुदायिक विद्यालयलाई सुधार गर्न विभिन्न व्यवस्थाहरु भएपनि कार्यान्वयन हुन नसकेको वताए । अनुगमन गरीएका ति सामुदायिक विद्यालयले त्रैमासिक रुपमा गर्नुपर्ने सामाजिक परिक्षणलाई आत्मसाथ गर्न नसक्नु मुख्य कमजोरी रहेको धारणा राखे ।
त्यस्तै निगरानी समुहले भेरीगंगा नगरपालिका वाड ११ को स्वास्थ्य चौकी रामघाट र भेरीगंगा नगरपालिका वाड न १२ रहेको मा स्वास्थ्य चौकी छिन्चुमा स्वास्थ्य चौकीमा रहेको जनशक्ति, स्वास्थ्यकर्मीको व्यवहार, स्वास्थ्य पहुँचको अवस्था, निःशुल्क वितरण गरीने औषधी, फोहरमैला व्यवस्थापन, भौतिक पुर्वाधार, व्यवस्थापन समितीको प्रभावकारीता, सूचना तथा कार्यप्रगतीको सार्वजनिकीकरण लगायतका जनसरोकारका विषयवस्तुमा व्यवस्थापन समितीका सदस्य र स्वास्थ्यकर्मीसंग छलफल तथा अन्र्त्क्रिया गरेको थियो । निगरानी समूहले स्वास्थ्य चौकी छिन्चुको नयाँ भवनमा बाढि पिडितहरु बसोबास गरिरहेकोले कार्यलय सर्न समस्या परेको कुरा निगरानीको क्रममा भेटेको छ ।


तपाईको प्रतिक्रिया