अव्यवस्थित सवारी पार्किङलाई न्यूनिकरण गर्छु :  प्रमुख सिजापती

सुर्खेत ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उदय सिंह सिजापतीले सडकहरुमा अब्यवस्थित रुपमा हुने गरेको सावारी साधन पार्किङलाई न्यूूनिकरण गर्ने बताएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख सिजापतीले यस्तो बताएका हुन ।
उनले सुर्खेत जिल्लामा रहेका दुर्घटनाग्रस्त क्षेत्रहरुको चाडैैनै पहिचान गरि दुर्घटनाका संकेतहरु भएको बोर्ड टाँसिने बताए ।
प्रमुख सिजापतीका अनुसार दुर्घटना हुनुको प्रमुख कारण भनेको अब्यवस्थित पार्किङ र मादक पदार्थ सेवनमा कडाइ नहुनाले हुने गरेको छ ।
उनले सवारी चालक तथा सहचाकहरुले मनोमानी रुपमा लिने गरेको भाडा दरलाई समेत नियन्त्रण गर्ने बताए ।
ट्राफिक प्रहरीले सरोकारवाला निकाय र जनताहरु समन्वय नगर्दाण्सम्म अब्यवस्थित पार्किङ र सवारी दुर्घटनालाई न्युनिकरण गर्न असम्भव भएको उनको भनाई छ ।


तपाईको प्रतिक्रिया