काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल विजयी भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै पौडेल सांसद निर्वाचित भएका हुन् । प्रदीप पौडेलले यो क्षेत्रमा १५ हजार २३७ मत ल्याउँदा एमालेका पोखरेलले १०१७२ मत मात्र ल्याए । यो मतान्तर ५ हजार ६५ रहेको छ । यो क्षेत्रबाट यसअघिको निर्वाचनमा ईश्वर पोखरेल निर्वाचित भएका थिए ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार