
सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ २८ हजार ९ सय ६३ मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । मंगलवार विहान १०ः१९ को अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले १४ हजार १ सय ९६ मत प्राप्त गरेका छन भने उनका निकट्तम प्रतिद्धन्द्धी एमालेका अमृत विसीले थानीलाई पछ्याउदै १० हजार ७ सय ७४ मत प्राप्त गरेका छन । यस्तै अन्यदलहरुको २ हजार ६ सय ४७ मत आएको छ भने १ हजार ३ सय ५० मत बदर भएका छन् ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार