काठमाडौं । चितवन २ को २५ सय ८६ मत गन्दा रवि लामिछानेले जम्मा ३ सय २३ मत पाएका छन्। मत गणनामा एमालेका कृष्णभक्त पोख्रेल १ हजार २ सय ३७ मतले अगाडि छन्। दोस्रोमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठ ८ सय ४३ मत पाएर दोस्रो स्थानमा छन्। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो। यो मत परिणामले ग्रामीण क्षेत्रमा रविको प्रभाव कम देखिएको छ। सहरी क्षेत्र प्रवेश गरेसँगै उनको मतसंख्या बढ्न सक्छ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार