काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आज राति ११ बजेदेखि शुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकले राति ११ बजेबाट मतगणना थाल्ने सहमति गरेको बताइन्छ । तार जालीले घेरेको अर्को एउटा स्थान थप्ने निर्णय भएकाले ढिला भएको जानकारी दिइएको छ । सो क्षेत्रको मतगणना तीन स्थानबाट हुने छ ।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार