सुर्खेत २८, साउन
कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्र बहादुर शाहीले युवाहरु श्रम गर्न लाजमान्ने प्रवृत्तिले पछि परेको बताएका छन् । वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवादिवसकार्यक्रमलाई सम्बोधनगर्दै युवाहरुले सानो ठुलो नभनेर श्रम गरे विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सोमबार आयोजित‘शिक्षामा रुपान्तरण, उद्यमशिलतामानवप्रर्तन’भन्ने नाराका साथभएको कार्यक्रमा पछिल्लो समय युवापुस्ताले श्रम गर्न डर मान्ने र लाजमान्ने प्रवत्तिहावीभएको बताए ।
प्रदेश सरकार सामाजिकविकास मन्त्रालय कर्णालीप्रदेशको संयोजन र नेपालयुवा संस्था सञ्जाल (आयोन) काठमाण्डौँको आयोजना र पाई, (पीएआई), युन डिपीको सहकार्यमाभएको कार्यक्रममामुख्यमन्त्रीशाहीले यस्तो बताएकाहुन् ।
‘जोस,जागर, भित्रबाटै देशको लागी केहि गर्न सक्छु भन्ने आत्मबलभएको ब्यक्ति नै युवाहो ।’ उनले भने, ‘हाम्रो देशमा सानो काम गर्न पनियुवाहरु डराउछन्, लाज मान्छन त्यसैले पनिपछि पर्छन ।’
अरुको बारेमा बिरोध गरेर आफ्नो अमुल्य समयलाई खेर नफाल्नपनिआग्रह गरेका छन् । देशको लागि सधै अघि बढ्ने, भविश्यकाबारेमा सोच्ने, चिन्तन गर्ने, मनन गरेर जे छ मैलेनै गर्नु पर्छ भनेर लाग्नु पर्ने बताए । आफ्नो भित्रिपक्षलाई बलियो बनाएर देश बिकासमा कर्णालीकायुवाहरु सबै मिलेर बहस र छलफल गरेमा यसको लागिप्रदेश सरकारले पनि सहयोग गर्ने मन्त्रीशाहीले बताएका छन् । युवाहरुले व्यवसाय र उद्यम गर्न चाहानेलाई प्रदेश सरकारले दिने सहुलियत र अनुदानमा समेत विशेष प्राथमिकतादिने बताए ।
मुख्मन्त्रीशाहीले भने ‘समस्या पैसा होइन, समस्यहाम्रो सोच हो ।’ हामी अब आफ्नो खुट्टामा उभिनु पर्नेबेलाभएको छ, अर्काको बारेमा बिरोध गरेर आफ्नै समयको बर्बात होइनआफ्नो बारेमा एक चोटि सोच्नु पर्ने भन्दै अर्को बर्षबाट समिक्षा गरेर यस दिवसलाई सम्मेलन गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममाप्रदेश सांसदहरुले युवा पुस्ताविना कर्णालीको विकास र समृद्धि सम्भव नहुने बताएका छन् । युवाहरुलाई प्रदेश सरकारले विशेष अनुदान सहितउद्यम र व्यवसायकालागि जोड दिनुपर्ने बताए । उत्पादनमूलक रोजगारी सिर्जना गरी युवा पुस्तालाई हौसलादिनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय युवादिवसको अबसर पारेर युएनडीपी एटु जेटको सहयोग तथा सुन्दर नेपाल सस्थांको सहजिकरणमा ‘महिलाहिसांतथाबालबालिकायुवा’बिषयमावकतित्वकलाप्रतियोगतिामाउत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कार वितिरण गरिएको छ ।
कार्यक्रमाप्रदेश सभा सदस्य, दानसिंह परिवार, मुख्यमन्त्रीतथामन्त्रीप्ररिषद्को कार्यलयका सचिव केवल भण्डारी, प्रदेश योजनाआयोग कर्णालीप्रदेशका सदस्य डा. योगेन्द्र शाही, जिल्ला समन्वय समिति सुर्खेतकाप्रमुख छविलाल सिग्देल, विभिननकार्यलयकाप्रमुखतथाप्रतिनिधि, सरकारी, गैरसरकारी सस्थाँमाप्रमुख, बागिना समुह, सञ्चारकर्मीहरु को समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम सामाजिकविकास समितिप्रदेश सभा कर्णालीप्रदेशसभा सदस्यराजु नेपालीको अध्यक्षतामाकार्यक्रम सम्मपनभएको थियो ।
युवाकालागि प्रदेश सरकार प्रतिवद्ध
कर्णालीप्रदेश सरकार र अन्य सरोकारवलाहरुको तर्फबाट युवा मैत्री स्वास्थ्यनीतिनिर्माण र कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।२० औंअन्तराष्ट्रिय युवादिवसको अवसरमाप्रदेशकामुख्यमन्त्री सहितले प्रतिवद्धता गरेका थिए ।
प्रदेश सरकार सामाजिकविकास मन्त्रालय कर्णालीप्रदेशको संयोजन र नेपालयुवा संस्था सञ्जाल (आयोन) काठमाण्डौँको आयोजना र पाई, (पीएआई), युन डिपीको सहकार्यमाभएको कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएकाहुन् ।
उक्त प्रतिबद्धतामा युवामैत्री स्वास्थ्यनीतिनिर्माण र कार्यन्वयनमा प्रतिबद्धता, सबैका लागि समाबेशितथा समतामुलक, गुणस्तरिय, सिपमुलकतथाजीवनपर्यन्त शिक्षाको अबसर, दिगो बिकास लक्ष्य स्थानियकरण तथाप्राप्तिकालागि योजनातर्जुमा प्रक्रिया बाटै युवा परिचालनहुने कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा प्रतिवद्धता गरेका हुन् ।
त्यस्तै, संयुक्त राष्ट्र संघको संघीय सुरक्षा परिषद् ५ डिसेम्बर २०१५ मा ७५७३ को बैठकद्धारा पारित (युवा, शान्ती र सुरक्षा) सम्बन्धी संकल्पनम्बर २२५० को कार्यन्वयनकालागि प्रतिबद्ध रहने, आधारभुत स्वास्थ्य सेवा र सुरक्षितगर्भपतन सेवातथा सुचनामा हरेक युवा, महिला र अपाङ्गताभएकाब्यक्तिहरुको सहजपहुँच सुनिश्चित गर्ने सक्ने जस्ता प्रतिबद्धतामा उल्लेख गरिएको आयोजकआयोनले जनाएको छ ।
साथै लैगिकतथा यौनिकअल्पसंख्कसामाजिक रुपमा पछाडि पारिएका र फरक क्षमताभएका समुदायलाई सम्मानपुर्वक र समानतापुर्णजीवनयापन गर्न पाउने आधारभुतअधिकारहरुको सुनिश्चिताकालागिपनि प्रतिबद्ध रहको उल्लेख छ ।




दर्शन खबर । २८ श्रावण २०७६, मंगलवार