अपाङ्ग एकता समाजलाई प्रिन्टर मेसिन अनुदान

अम्मर राजवंशी गुर्भाकोट । गुर्भाकोट नगरपालिकाले अपाङ्ग एकता समाज गुर्भाकोट सुर्खेतलाई प्रिन्टर मेसिन अनुदानमा उपलब्ध गराएको छ । संस्थाको निरन्तर पैरवीका कारण नगरपालिकाले सो प्रिन्टर मेसिन प्रदान गरेको हो । जिन्सी शाखाका गणेश ओलीले संस्थाका अध्यक्ष उत्तम बिक लाई उक्त प्रिन्टर मेसिन हस्तान्तरण गरेका हुन् । यस अघि पनि नगरपालिकाले संस्थालाई एक थान स्टिल दराज उपलब्ध गराएको थियो । संस्थामा प्रिन्टर मेसिन प्राप्त भएसंगै प्रिन्ट तथा फोटोकपि गर्न निकै सहज हुने गुर्भाकोट अपाङ्ग एकता समाजका अध्यक्ष उत्तम बि क ले बताए । संस्थालाई महत्वपुर्ण सहयोग गरेकोमा गुर्भाकोट नगरपालिका परिवार प्रति गुर्भाकोट अपाङ्ग एकता समाजका अध्यक्ष उत्तम बि क सहित सम्पूर्ण सदस्यहरुले हार्दिक आभार व्यक्त गरेका थिए ।


तपाईको प्रतिक्रिया