
सुर्खेत । सुर्खेतमा एकजना वृद्धाको हत्या भएको छ । हत्या हुनेमा लेकवेशी नगरपालिका चौरासे स्थित तिल्कीपानी बस्ने अन्दाजी ७२ वर्षिय डिल्लीसरा जैसीको रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको र उनलाई मृत अवस्थामा स्थानियले फेला पारी वडा अध्यक्ष सोमैलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जनाकारी दिए । वृद्ध महिला खेतमा रहेको कच्ची घरमा बस्दै आएको र उनको शव घरदेखि डेढ किलो मिटर टाढा रहेको जनाईएको छ । अहिले उक्त घटना स्थलमा प्रहरी परिचालन भई अनुसन्धान भईरहेको उपरीक्षक कार्कीले जनाकारी दिए ।


दर्शन खबर । २९ कार्तिक २०७९, मंगलवार