
सुर्खेत । परापुर्वकाल देखि लाग्दै आएको डाडागाउँ मेला यस पटक पनी सव्यताका साथ सम्पन्न भएको छ । हरेक वर्ष पुर्णीमाको चौथाीमा लाग्दै आएको डाडाँगाउँमेला शनिवार देखि सुरु भएको थियो । कोरोना माहामारीका कारण गएको २ वर्ष संचालन नभएको डाडाँगाउँ मेला स्थानियको अगुवाई तथा वडा नम्वर ५ को कार्यालयको समन्वयमा यस वर्ष मेलाको आयोजना गरिएको थियो । सुर्खेत जिल्लाकै पहिलो मेलाको रुपमा मेला लाग्न सुरु भएको अग्रजहरुको भनाई रहेको छ । मेलाको अवसरमा भलिबल प्रतियोगिता समेत संचालन गरिएको थियो । आईतबार सम्पन्न भएको प्रतियोगितामा भेरीगंगा प्रथम भई नगद ३० हजार प्राप्त गरेको छ भने नेटाको भृगाउँ दोस्रो भई नगद २० हजार प्राप्त गरेको छ ।
आगमी वर्षमा मेलालाई व्यवस्थीत गरी संचालन गर्नका लागी सबैले सहयोग गर्नु आवश्यक रहेको मेला आयोजक समितीका खड्ग बहादुर दर्लामीले बताए । डाडाँगाउँ पञ्चायत हुदाँको बखत देखीनै मेला लाग्ने गरेको र पछिल्लो समय पुराना कला संस्कृतीहरु लोप हुन थालेको अग्रज मोतिलाल चपाँईले बताए । नयाँ युवा पुस्ताहरुले आगामी वर्षहरुमा मेलालाई व्यवस्थीत गर्दै लैजान आवश्यक रहेको चपाईले बताए ।


दर्शन खबर । २७ कार्तिक २०७९, आईतवार