अमर राजवंशी गुर्भाकोट । नेकपा एमाले गुर्भाकोट नगरपालिका वडा न ४ को आयोजनामा शनिवार जुठेदमारमा भएको वडा स्तरिय चुनाबी सभा कार्यक्रम सम्पन्न भएको छ । चुनाव नजिकिए संगै नेकपा एमाले गुर्भाकोटमा घरदैलो कार्यक्रमलाई तीब्र परेको छ । उक्त चुनावी सभा कार्यक्रममा नेपाली काङ्ग्रेस र माओवादी का करिब ७ ८ घरदुरीले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी सम्पुर्ण हरुलाइ प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नं १ का उमेदवार धुर्ब कुमार शाही र प्रदेश सभा क का उम्मेदवार ठम्मर बहादुर बिष्ट ज्युले स्वागत तथा सम्पन गरेको भएको थियो । यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार ठम्मर बिष्टले आफुहरुको जित सुनिश्चित रहेको बताए । यस्तै प्रतिनिधि सभा पदका उम्मेदवार धुर्व कुमार शाहीले सुर्खेत क्षेत्र न १ को विकासका लागि नेकपा एमालेले जित्नै पर्ने रहेको तयसैले सुर्य चिन्हमा मतदान गर्न आम जनसमुदायलाई आग्रह गरेका छन् । उक्त चुनावी सभामा थुप्रै नेता कार्यकर्ता आम जनसमुदायको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।



दर्शन खबर । २७ कार्तिक २०७९, आईतवार