राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।


तपाईको प्रतिक्रिया