देउवा, प्रचण्ड, माधव नेपाल भोली चितवन जाने

काठमाडौँ । सत्ता गठबन्धनले भोली चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसहितका नेताहरुले सम्बोधन गर्नुहुने भएको छ । चुनावको मिती नजिकिदै गएसँर्गै दलहरुका चुनावी सभा र गतिबिधी बढ्दै गएका छन् । यस्तै नेकपा एमालेले पनि कात्तिक २८ गते चितवनमा चुनावी सभा गर्दैछ । एमालेको चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली चितवन जानुहुने भएको छ ।


तपाईको प्रतिक्रिया