थप १० जनामा कोरोना पुष्टि

काठमाण्डौ। पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ३९ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ४६ जनामा झरेको छ ।

यसैबीच डेङ्गी सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसहित गएको साउनपछि डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । साउन महिनायता ५१ हजार एक सय ७७ जनामा डेङ्गी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया