सुर्खेतमा आजदेखी मदिरा विक्री वितरणमा रोक

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आसन्न मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको छ । शुक्रवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता र जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख र उम्मेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभए सम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रशासनले निणर्य कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गरेको छ । यस्तै निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जन सम्बन्धी क्रियाकलापहरु सञ्चालन नगर्न साथै मंसिर ४ को निर्वाचनमा मतदान कार्य शुरु हुनु भन्दा २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्रीवितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा प्रशासनले आग्रह गरेको छ । यस्तै मतदान कार्य सुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्ण भएको प्रजिअ रिजालले जानकारी दिए ।

1668164997780.jpg

तपाईको प्रतिक्रिया