जाजरकोट। जाजरकोटमा अलैँचीले बजार नपाउँदा किसान मारमा परेका छन । जाजरकोटको शिवालय गाउँपालिकाका किसानले उत्पादन गरेको अलैँचीले बजार नपाउँदा किसान मारमा परेका हुन । गाउँपालिकाको वडा नं ५ का नविन शाहीले गत आर्थिक वर्ष २०७८/०७९ मा अलैँची खेति सञ्चालन गरेका थिए । अलैँचीको उत्पादन एकदमै राम्रो भयो । तर, बजार पाइएन उनले भने। अलैँचीमा चुनौती रहेकाले सरकारले एउटा नीति बनाएर अलैँचीको बजार व्यवस्थापन गर्न उनको माग रहेको छ।








दर्शन खबर । २४ कार्तिक २०७९, बिहीबार