ओलीलाई ढालेर देखायौं, अहिले बर्बराउँदै हिँडेका छन् : नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली बौलाएर हिँडेका टिप्पणी गरेका छन्। आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामीले टक्कर दिएपछि ओली बौलाएर हिँडेका बताएका हुन्। केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरूलाई आफूहरूले ढालेर देखाएको उनको भनाइ थियो। नेपालले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर। टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन्। बरबराएको होकी उटपटयाङ कुरा गर्छन्।

त्यो सबै संग्रह निकाल्न पर्‍यो, केके बोल्यो सुरुदेखि अहिलेसम्म केके गाली गलौजको भाषाहरू बोलेको छ। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ।’ उनले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए। नेपालले भने,झूटो प्रचार गरेर अल्मल्याउन सक्छ। हावा गफ गरेर अल्मल्याउन सक्छ। त्यसभित्र केही तत्वहरु हुन सक्छ। जसमा स्वार्थपन रहेको हुन्छ। स्वार्थमा गाजिएका हुन्छन्। केही केही पार्टीहरू देख्नुभएको छ। गफाडीको गफ गर्ने थलो भएको छ।’


तपाईको प्रतिक्रिया