भोलि प्रदेश १ मा सार्वजनिक विदा

काठमाण्डौँ। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश १ सरकारले बिहीवार सार्वजनिक बिदा दिने भएको छ । ‘वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश सरकार सबै सरकारी कार्यालय कार्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले मन्त्री निधनको शोकमा एक दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापालाई निमोनिया समेत भएको थियो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधवार बिहान १०स् ३० बजे निधन भएको थियो । उनी मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवार समेत थिए ।


तपाईको प्रतिक्रिया