हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु 

हुम्ला । हुम्लामा जिप दुर्घटनामा परेको छ । जिल्लाको नाम्खा गाउँपालिका ५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना घाइते भएका छन । सिमकोटबाट यारीका लागि गएको बा १८ च १४१७ नम्बरको बोलेर जिप वुधवार बिहान करिब ११ बजे दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु र चालकसहित दुुई जना घाइते भएका छन । दुर्घटनामा परी मृत्युु हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुुंगा तान्जेन लामा रहेको छन । तामाङको घटनास्थलमै मृत्युु भएको हो ।

त्यसैगरी दुुई जना घाइते हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका ३१ वर्षका जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका २२ वर्षका कुन्जोक लामा छन । चालक लामा सामान्य घाइते भएका छन । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गरेपछि ६ जना प्रहरी उद्धारका लागि घटनास्थल पुुगेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया