भुकम्पका कारण सुर्खेतमा केही भौतीक संरचनामा क्षती


सुर्खेत । गएराती डोटी केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ म्यागनेच्यिुटको भकम्पको कारण सुर्खेतमा केही पनी भौतीक संरचनामा क्षती भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर ६ मा चेत बहादुर पाण्डेको घर भत्कीदा घर पुर्ण रुपमा क्षती भएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकालले जानकारी दिए । यस्तै बराहताल गाउँपालिका वडा नम्वर ५ को १ घरमा पनी पुर्ण रुपमा क्षती पुगेको छ । वडा नम्वर ५ सिमलपानीका राम प्रशाद गौतमको घर पुर्ण रुपमा क्षेती भएको बराहताल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिए । उनका अनुसार मानविय क्षेती भने भएको छैन् । यस्तै चौकुने गाउँपालिकाको भवन पनी चर्किएको गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले जानकारी दिए । उपाध्यक्ष बान्तोलाका अनुसार चौकुने गाउँपालिकाका ४ वटा घरघहरुमा क्षती भएको छ भने मानविय क्षती भएको छैन ।
सुर्खेतमा भुकम्पकाकारण मानवीय क्षतीे नभएको तर घरहरुमा क्षती भएको सूचना आएको र प्रहरीसंग समन्वय गरेर क्षतीको विवरण संकलन भैईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सुचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।


तपाईको प्रतिक्रिया