चालक अभावमा एकिकृत प्रयोगशालाको घुम्ती वस प्रयोग विहिन


सुर्खेत । एकिकृत प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको घुम्ती वस प्रयोग विहिन बनेको छ ।
माटो परीक्षण गर्न ल्याब लागि आवश्यक पर्ने सम्पुर्ण स्रोत साधन जडित बा १ ग  ३३७९ नम्वरको घुम्ती वस प्रयोग विहिन बनेको हो । कृषकहरुलाई स्थानीय स्तरमा नै माटो परीक्षणको सुविधा दिनको लागि उक्त वस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २०७५ सालमा सहयोग स्वरूप एकीकृत कृषि प्रयोगशालालाई उपलब्ध गराएको थियो । तर उपलब्ध गराएको दिनदेखि सो वस कुनैपनि प्रयोगमा नआएर जिर्ण वन्दै गईरहेको छ । कच्ची सडकमा जान नसक्ने भएको र बस चालकको अभावका कारण प्रयोगमा ल्याउन नसकिएको कार्यालय प्रमुख पर्शुराम रावतले जानकारी दिए ।
जनशक्तिको अभाव, भ्याली बाहिर रोडको अवस्था कमजोर भएको, ठूलो सवारी चलाउने चालकको अभाब र गाडीको पार्टस् कडा भएका कारणले वस उक्त कार्यालयमा आएको दिनदेखि हालसम्म प्रयोगविहीन भएर बसिरहेको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया