आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डौ ।आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान छ । तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताईन । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद् मानन्धरले बताईन ।


तपाईको प्रतिक्रिया