सुर्खेत सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस

सुर्खेत । मंगलबार साँझ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।बेलुकी ९ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो। सुर्खेत कालिकोट, दैलेख, जाजरकोट बाँके बर्दिया लगायतका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमासमेत भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन्। भूकम्प डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया