लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ बाट फरार अभियुक्त ३१ वर्षका लिलाराम पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पुरीलाई खोजतलास गर्ने क्रममा लागुऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार  पक्राउ गरेको हो ।
पुरीलाई लागुऔषध ब्राउनसुगर मुद्धामा ४ वर्ष ११ महिना कैद सजाय र पाँच हजार जरिवाना तोकिएको थियो ।
पक्राउ परेका पुरीलाई कैद भुक्तान तथा जरिवाना भुक्तानको लागी सुर्खेत जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया