सुर्खेत कारागारका एक सय एक कैदीबन्दी मतदानमा सहभागी हुँने

सुर्खेत। आसन्न मंसिर ४ को प्रतितिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्ला कारागार सुर्खेतमा रहेका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउँने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मतदान गर्न पाउँने व्यवस्था गरिएको छ । कारागारका एक सय एक कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार सुर्खेतका सुचना अधिकारी भुवन गौतमले जानकारी दिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउँने छन् । जसमा ८९ जना पुरुष छन् भने १२ जना महिला रहेको अधिकारी गौतमले बताए । उनका अनुसार हाल जिल्ला कारागार सुर्खेतमा ३ सय ३२ जना पुरुष, ४१ जना महिला र ४ जना आश्रित बालबालिका रहेका छन् ।


तपाईको प्रतिक्रिया