पिर्काले हानेर छोराले गरे बुबाको हत्या

रोल्पा । राल्पामा घरायसी विवादमा छोराले बुबाको हत्या गरेका छन । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन । सोमवार बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए । काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको थियो । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।उज्यालो 


तपाईको प्रतिक्रिया