सुर्खेतमा सुरु भयो नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

सुर्खेत । नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण सुर्खेतमा पहिलो पटक सुरु भएको छ । शनिवार पत्रकारहरुको भेला गरी चलचित्र महोत्सवको उदघाट्न गरिएको हो । चलचित्र महोत्सव कार्तिक १९ देखि २२ गते अर्थात नोभेम्बर ५ देखि ८ सम्मसम्म चल्ने गरी मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना भएको छ । यो वर्ष पनि नेपालस्थित युरोपियन युनियनको डेलिगेशलेनले ११ औंँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सवमार्फत १३ युरोपेली र ३ नेपाली चलचित्र नेपाली दर्शकश्रोताहरूमाझ पस्किँदै छ । नेपाल युरोपियन युनियन चलचित्र कार्तिक ११ देखि १५ गते सम्म चलचित्र विकास बोर्डमा भएको थियो भने सुर्खेतमा कार्तिक १९ गते शनिवारदेखि कार्तिक २२ गते मंगलवार सम्म ५ युरोपियन तथा ३ नेपाली चलचित्र गरी जम्मा ८ चलचित्र प्रदर्शित गरिने छन् ।

यो वर्ष चलचित्र भौतिक र अनलाईन माध्यम गरी मिश्रित विधिवाट महोत्सव आयोजना गरिने भएको छ । अक्टोवर २८ मा भौतिक कार्यक्रम सहित अनलाईन कार्यक्रम समेत सुरु हुनेछ । जुन नोभेम्बर २८ सम्म उपलब्ध हुनेछ । अनलाईन चलचित्र महोत्सवमा नेपाली वृतचित्त गोर्खा गर्ल सहित आठ चलचित्र हुनेछन । सुर्खेतमा शनिवार पत्रकारहरु सँग कुराकानी गर्दैं नेपालस्थित युरोपेली युनियनको युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले “दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौं । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम भएको छ ।

उनले हामीलाई सिनेमा प्रदर्शित गर्न यो अवसर दिएकोमा मध्यपश्चिम विश्व विद्यालयका उपकुल पतिलाई धन्यवाद दिएकी छन् । १३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ मा नेपाली सव्टाईटल हुने बताइएको छ । आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’ महोत्सवको ओपनिङ्ग चलचित्र हुने छ ।  चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यस चलचित्रले महोत्सवको समापन गर्ने छ । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ तथा यस वर्ष नेपाललाई प्रतिनिधित्व गर्दै अस्कर अवार्डमा पठाइएको छ । महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी छन् ।

किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स उत्सवमा देखाईने अन्य दुई नेपाली चलचित्रहरू हुन् । सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टर क्लास सञ्चालन गर्ने कार्यक्रम पनि रहेको छ । यो कार्यक्रम कार्तिक २२ गते दिउँसो १ः३० को समयमा सञ्चालन गरिने छ । महोत्सव अन्तर्गत दुवै भौतिक र अनलाईन मार्फत प्रदर्शित हुने चलचित्र निशुल्क हेर्न सकिने छ । चलचित्र अनलाईन मार्फत हेर्नको लागि https:ww.festivalscope.com/page/European-film-festival-nepal-2022/ लाई लगइन गर्नुपर्ने पर्ने हुन्छ । यो लिङ्क अक्टोवर २८ देखि नोभेम्बर २८ सम्म सम्म सक्रिय रहने छ । नँया दर्शक श्रोताले भने आफ्नो ईमेल ठेगाना राखी नँया एकाउण्ट बनाउनु पर्ने छ । एकाउण्ट बनाइसके पछि प्रयोगकर्ताले उक्त लिङ्कमा गई साईन ईन गरी जुनसुकै वा सबै फिल्महरु हेर्न सक्नु हुनेछ ।

 

तपाईको प्रतिक्रिया