प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्। बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली प्रहार गरेको एक जनाको मृत्यु भएको घटनामा पूर्व क्रिकेटर समेत रहेका खान प्रधानमन्त्रीविरुद्ध खनिएका हुन्।

उनले आक्रमणमा गृहमन्त्री र एक सैनिक जनरलको पनि संलग्न भएको जिकिर गरेका छन्। लाहोरको शौकत खानम अस्पतालबाट सम्बोधन गर्दै खानले प्रधानमन्त्री शरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैनिक जनरल फैसल नासिरले आफूविरुद्ध हत्याको योजना बनाएको दाबी गरे। खानको आरोपपछि पाकिस्तानी सेनाले झुठा आरोपविरुद्ध कानूनी कारबाहीको प्रक्रिया थाल्ने बताएको छ। गृहमन्त्री सनाउल्लाहले पनि आरोपको खण्डन गरेका छन्।

तपाईको प्रतिक्रिया