नेपालमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ८ सय ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८७३ पुगेको छ ।योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ६९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार ११० पुगेका छन् ।


तपाईको प्रतिक्रिया