नेपालले आफ्नो एक इन्च जमीन कसैलाई छाड्दैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले आफ्नो एक इन्च जमीन कसैलाई नछाड्ने बताएका छन् । शुक्रबार दार्चुलाको सदरमुकाम खलङ्गामा पार्टीको चुनावी अभियानको पहिलो कार्यक्रममा बोल्दै अभ्यक्ष ओलीले यस्तो बताएका हुन् । यसका साथै अध्यक्ष ओलीले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन आग्रह गर्दै भनेका छन्, ‘नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमीन पनि मिचिन दिनेवाला छैनौं ।’ अध्यक्ष ओलीले फेरि भने, ‘मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं । संसद्ले सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।’ नदी वर सर्दैमा सीमा नसर्ने भन्दै अध्यक्ष ओलीले दार्चुलामा बाटो निर्माण गर्ने विषयमा भारतले झमेला झिकेको बताए । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेको थियो ।


तपाईको प्रतिक्रिया