कार्तिक पुर्णीमाको दिनमा ऐतिहासिक खरिगैरा मेला लाग्दै

हुम बहादुर कार्की गुर्भाकोट । गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित जन ज्ञान भण्डार मा बि कोटखोलाको प्राङ्गणमा बिगत देखि लाग्दै आएको ऐतिहासिक खरिगैरा मेला यस बर्ष कार्तिक शुक्ल पुर्णीमा २२ र २३ गते लाग्ने भएको छ । कला र सस्कृतीको हाम्रो पहिचान, संरक्षण र सम्बद्र्धनका लागि मालारानी को अभियान भन्ने उद्देश्यका साथ गुर्भाकोट नगरपालिका वडा नम्बर २ कोे आयोजनामा र मा बि कोटखोलाको समन्वय साथै ऐतिहासिक खरिगैरा मेला ब्यबस्थापन समितिको सहआयोजकमा मेला सुरु हुन लागेको हो ।

मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनी लोक सस्कृती झ्याउरे, टप्पा सोरठी, कुर्कुटी लगाएत स्थानीय कलाको स्व प्रदर्शनी लगाएत ऐतिहासिक मालारानी गुफाको अवलोकनका लागि व्यवस्था भएको मेला व्यवस्थापन समितीले जानकारी दिएको छ । ऐतिहासिक खरिगैरा मेला वि.स २०२९ साल देखि सोही स्थानमा आफ्नै परम्परागत रुपमा लाग्दै आइरहेको र यस मेलाले टाढा टाढा भएका इष्टमित्रहरु सङ्ग भेटघाट गराउने भएकाले यस मेला पनि एक महत्त्वपूर्ण चाडपर्वको रुपमा सञ्चालन हुँदै आएको स्थानिय खिमानन्द ढकालले बताए । साथै ऐतिहासिक खरिगैरा मेलालाई अबका दिनमा महोत्सवको तरिकाले सञ्चालन गरि यस स्थानको पहिचान गराइ यसै स्थानको आर्थिक उन्नति बढाउन सकिने समेत उनले बताए ।

मेला सञ्चालन गर्न नीति नियम उद्देश्य र व्यवस्थित तरिकाले शान्ती सुरक्षा अपनाउदै स्वयमसेवकको परिचालन गरि सम्पन्न गर्न मेला समितिलाई वडा अध्यक्ष नोख बहादुर वलिले अनुरोध गरेका छन् । यसै गरि विद्यालयको प्राङ्गणमा मेला लाग्ने भएकाले विद्यालय भित्रका भौतिक संरचना टुटफुट नहुने र हरित कार्यका लागि लगाइएका विरुवाहरुको कुनै पनि असर नहुने गरि मेला लगाउन मेला समितीलाई विद्यालयव्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसिले आग्रह गरे । यस ऐतिहासिक खरिगैरा मेलामा स्थानीयवासीहरु लगायत सुर्खेत, जाजरकोट, सल्यान, दाङ बाके र बर्दियाबाट व्यापारी तथा मेला हेर्न मानिसहरु आउने गरेको पाइन्छ । मेला कार्तिक २२ गते पुर्णीमाको दिन साँझबाट सुरु भई भोली पल्ट कार्तिक २३ गते साँझ सम्म लाग्ने आयोजकले जनाएको छ ।


तपाईको प्रतिक्रिया