सुर्खेत । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन मंसिर ४ मा भाग लिएका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन । सुर्खेत जिल्लामा आम निर्वाचनका लागि उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन । आफ्नो क्षेत्रका विभिन्न गाउँ र बस्तीका जनतासामु विभिन्न एजेण्डा लिएर भोट माग्न व्यस्त भएका छन । जनताका सबै समस्या सुनेर त्यसको पूर्ण समाधान गर्ने योजनासहित उनीहरु जनतासामु पुग्ने गरेका छन । नेकपा एमाले प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार गेहेन्द्र दाहाल पनि घरदैलो कार्यक्रममा व्यस्त बनेका छन । उनले मंसिर ४ को निर्वाचन नेकपा एमालेले जित्न आवश्यक रहेको दाबी गरेका छन् । दर्शनखबर संग कुराकानी गर्दैँ उनले वीरेन्द्रनगर नगरपालिकामा रहेको एयरपार्टको विस्तार एमालेको सरकारले गर्ने दावी गरेका छन् ।
सुर्खेत विमानस्थलको विस्तार गर्नु बाहेक अरु विकल्प नभएको भन्दै एमालेको सरकार बनेमा विमानस्थल विस्तार गर्ने बताए । उनले सामाजिक सद्भाव बढाएर सुर्खेत बदल्ने अभियानमा लागेको स्पष्ट पारे । कर्णाली प्रदेशको मुहार फेर्न तथा कर्णालीवासीको जिवन परिवर्तन गर्नलाई एमालेले जित्नु आवश्यक भएको बताएका छन । कर्णाली प्रदेशमा समाजको लागि बोल्ने समाज तथा सिंगो कर्णालीको निर्माण देखाउने मान्छे चाहिएको दाहाल बताउँछन । मंसिर ४ को निर्वाचनमा उपयुक्त उम्मेदवार चिनेर तथा आफ्नो विवेक पुर्याएर मतदान गर्न जनतालाई उनले अनुरोध गरेका छन । उनले नेकपा एमालेको पार्टीका उम्मेदवार मत दिएर मुख्यमन्त्री बनाउन आग्रह गरेका छन् । उनले नेकपा एमालेको सरकार भएमा आम नागरीकले स्वाभिमानको रक्षा पाउने तथा जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । कर्णालीका जनतालाई नेतृत्वले भेडा सम्झन्छन । त्यसलाई अन्त्य गर्ने आफ्नो पहिलो संकल्प रहेको बताएका छन् ।
भिडियो हेर्नुहोस्।


दर्शन खबर । १८ कार्तिक २०७९, शुक्रबार