सुर्खेत । निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा ख मा दलहरुले चुनाव लक्षित घरदैलो अभियानलाई तिब्र गतिमा अघी बढाईरहेका छन् । आगामी मंसिर ४ को निर्वाचन नजिकिएसँगै अरु वेला गाउँघरमा नपस्ने नेताहरु यतिबेला गाउँघरमा पसिरहेका छन् । उम्मेदवारहरुले यतिवेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिए पनि उम्मेदवारहरुले पुरानै चुनावी एजेण्डा लिएर चुनावी मैदानमा होमिएका छन । सुर्खेत क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डण्डी प्रसाद शर्मा पनि चुनावी मैदानमा होमिएका छन । शर्माले यतिवेला घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन । शर्माले पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले मतदाताको घरघरमा पुग्न थालेका छन । शर्माले निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन् । शिक्षाको क्षेत्रको गुणष्तरीयता वृद्धी गर्ने एजेण्डा बोकेका शर्मा जनताले मत दिई संसदमा पुगेको अवस्थामा बोलेर भन्दा काम गरेर देखाउने दावी गर्छन् । उनले आम कर्णालीवासीको समस्या नै आफ्नो समस्या भएको बताएका छन । उनले नेकपा एमालेका उम्मेदवारले समाजलाई बुझेर जनता सामु गएको तथा मंसिर ४ को निर्वाचन एमालेले जितेपछि जनताका मागहरुलाई पुरा गर्ने गरि योजना बनाएको बताएका छन । जनता अन्य कुनै पनि पार्टीको पक्षमा नभई नेकपा एमालेको पक्षमा भएको दाबी गर्दै आगामी मंसिर ४ को निर्वाचनमा जनताले नेकपा एमालेलाई बहुमतले विजयी गराउने कुरामा विश्वस्त रहेको उनि बताउँछन् ।
(भिडियो) हेर्नुहोस्
दर्शन खबर । १८ कार्तिक २०७९, शुक्रबार