वीरेन्द्रनगरमा नेकपा बहुमत सहित ४ दलको निर्वाचन अबज्ञा सभा


सुर्खेत । नेकपा बहुमत सहितको ४ दलले वीरेन्द्रनगरमा निर्वाचन अबज्ञा सभा गरेको छ। विहिवार वीरेन्द्रनगरमा बहुमत सहित, नेकपा क्रान्तीकारी (मओवादी), माओवादी कम्युनिष्ट पार्टि नेपाल र नेकपा (मसाल) को संयुक्त आयोजनामा गरिएको सभामा बोल्दै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले मंसिर ४ गते हुने निर्वाचन खारेज गरिनुपर्ने बताए । तानाशाह छान्नका लागि निर्वाचन गर्न लागिएको टिप्पणी गर्दै बास्तोलाले चुनाव बहिष्कार गर्नतर्फ आम जनतालाई आह्वान समेत गरे ।
दलाल पुँजीवादी शासनको विध्वंश गर्न जरुरी भएको बताएका बास्तोलाले कम मत ल्याएर शासन गर्ने व्यवस्था लोकतान्त्रिक व्यवस्था नभएको बताए । जनताले वैज्ञानिक समाजवाद चाहेको भन्दै बास्तोलाले बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दावी गरे । सभालाई सम्बोधन गर्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले मंसिर ४ गते हुने निर्वाचनमा जनतालाई मतदान गर्न नजान आह्वान गरे ।
यसअघि भोट हालेर जिताएकाहरुले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आह्वान गरेका हुन् । हालको संसदीय व्यवस्था बहिष्कार गर्नु पर्ने उनको भनाई रहेको थियो ।

 


तपाईको प्रतिक्रिया