जयपृथ्वी एफएमलाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र

काठमाडौं। निर्वाचन आयोगले जयपृथ्वी एफएम बझाङलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका गर्नका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ। प्रेस काउन्सिल नेपालबाट जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) बमोजिम सञ्चार प्रतिष्ठान र पत्रकारका पेशागत आचरण र व्यवहारहरूको आवश्यक नियमन गर्न सक्ने व्यवस्था छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ख) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, सोही दफाको खण्ड (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ। खण्ड (च) मा कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्टाग्राम, अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने व्यवस्था छ।

त्यस्तै,सोही दफाको खण्ड (ट) मा कसैले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न नहुने र त्यस्तो टिकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केवल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनु पर्ने व्यवस्था छ।


तपाईको प्रतिक्रिया