लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेत। प्रहरीले लागूऔषधसहित सुर्खेतबाट एक जनालाई पक्राउ गरेको छ । बिहिवार दिउँसो १ बजेकोे समयमा विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ रातोपुल नजिक बस्ने २१ बर्षका रोशन बस्याललार्ई पक्राउ गरेको हो ।

प्रहरीले बस्याल आफ्नै घर अगाडी उभिरहेको अवस्थामा उनकोे शरिर खानतलासी गर्दा शुद्ध ४ ग्राम ५ सय ४० मिलिग्राम भएको लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको र उनलार्ई हिरासतमा राखि थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया