कर्णालीको विद्युतीकरण उच्च प्राथमिकतामा : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताएका छन् । उनले दुई वर्ष भित्रमा कर्णाली प्रदेशका जिल्लाहरुको विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य राखीटेण्डरको प्रक्रिया अगाडि बढाइसकेको जनाकारी दिएका छन् । उनले भने, ‘दुई वर्षभित्रमा कर्णाली प्रदेशका जिल्लाहरुको विद्युतीकरण सम्पन्न गर्ने लक्ष्य राखीटेण्डरको प्रक्रिया अगाडि बढाइसकेका छौं, एसियाली विकास बैकको अनुदानमा सौर्य ऊर्जा केन्द्र स्थापना गर्न पनि छलफल भइरहेको र यसबारे छिट्टै निर्णय हुने छ ।’

‘कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कम्तीमा पनि २÷२ मेगावाटका सौर्य ऊर्जा प्लान्ट राख्ने, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विद्युतीकरण गर्न, सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुुँच विस्तारमा खर्च भइरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) रहुम्ला, मुगु र डोल्पामा लघुजलविद्युत् मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।मुगुमा यस वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन पुग्ने छ । कर्णाली प्रदेशमा ५६.७९५ विद्युतीकरण भएको छ ।


तपाईको प्रतिक्रिया