भेरीगंगा बबईबाट ३४० बोरा अवैध चिनी बरामद

भेरीगंगा । सुर्खेत प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ । बुधबार बिहान साढे ९ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो । बबई चेक प्वाईन्टमा खटिएको प्रहरी टोलीले कैलालीको लम्कीचुहा देखि सुर्खेततर्फ आउदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गर्दा उक्त ट्रकमा भन्सारको कागज पत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो । साथै प्रहरीले ट्रक, तथा ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ भने उक्त अवैध चिनी विहान ११ वजे अनुसन्धानका लागि भन्सार कार्यालय पठाईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया