काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। भोलि कमलादीस्थित प्रज्ञा भवनबाट पार्टी सभापति लामिछानेले वाचापत्र सार्वजनिक गर्ने छन। चुनावमा मतदाता आकर्षित गर्न अन्य पार्टीले सार्वजनिक गरेका घोषणापत्र जस्तै स्वतन्त्र पार्टीले पनि वाचापत्रका नाममा मतदाता तान्न खोजेको हो। काँग्रेस, एमाले, माओवादीलगायतका ठूला पार्टीहरुले संकल्पपत्र, प्रतिबद्धतापत्र, घोषणापत्र नाम दिएर आफ्ना कुरा सार्वजनिक गरिसकेका छन्।



दर्शन खबर । १६ कार्तिक २०७९, बुधबार