भेरीगंगाको कासीपुरमा मोटरसाईकल दुर्घटना

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका ११ कासीपुर स्थित छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । मंगलबार राति करिब ९ः५५ बजेको समयमा छिन्चुबाट जहरेतर्फ जाँदै गरेको भे १२ प ६४५५ नम्बरको मोटरसाइकल आफै अनिनियन्त्रित भएर कल्भडमा ठक्कर खाँदा दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त मोटरसाइकल चालक मोटरसाइकलमा सवार नामथर नखुलेको २ जना पुरुष सडकबाट अन्दाजी १५/२० मिटर तल खोलामा खस्दा घाइते भएका थिए । घाइते दुवै जनालाई मेहेलकुना अस्पताल सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याईएको थियो । कालागाउँमा उपचार गरिरहेको अवस्थामा घाइते अन्दाजी २५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अहिले उनको शव शव गृहमा राखिएको छ भने मोटरसाइकल चालकको उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया