प्रधानमन्त्री देउवाले गृहजिल्ला जान आयोगसँग लिए अनुमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरा जानका लागि निर्वाचन आयोगसँग अनुमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेका हुन् । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् । उनको उम्मेदवारी दर्ता गर्न उनकी पत्नी आरजु राणा देउवा डडेलधुरा गएकी थिइन् ।


तपाईको प्रतिक्रिया