हुम बहादुर कार्की गुर्भाकोट । गुर्भाकोट नगरपालिका वडा नम्बर २ बस्ने पतिराम सुवेदीको छोरा रोशन प्रसाद सुवेदीे सोमवार दिउँसो करिब २ बजे तिर सहकारीको मासिक बचत बुझाउन भनी घरबाट निस्किएको र सोही समय देखि घर सम्पर्कमा नआएको हुदा कहि कतै देख्नु हुने महानुभाबहरुले नजिकैको प्रहरी चौकी अथवा मोबाइल नम्बर ९८४९१६७१६८ मा सम्पर्क गरिदिनु हुन परिवार श्रोतले आग्रह गरेका छन । बालकको उमेर १३ बर्ष र हाल जन ज्ञान भन्डार मा बि कोटखोला कक्षा ७ मा अध्यनरत छन ।


दर्शन खबर । १५ कार्तिक २०७९, मंगलवार