काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा आजदेखि थुनछेक बहस हुने भएको हो । सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीविरुद्ध एक किशोरीका अभिभावकले प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको जाहेरी दिएका थिए ।
जाहेरी परेको एक महिनापछि गत असोज २० गते स्वदेश फर्केका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको थियो । सन्दीपविरुद्ध १० देखि १२ वर्ष जेल सजायको माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूमाथि लागेको आरोप सत्य नरहेको जिकिर गरेका छन् ।


दर्शन खबर । १५ कार्तिक २०७९, मंगलवार