
सुर्खेत । वीरेन्द्रनगरमा आयो क्याब सेवाको उद्घाटन गरिएको छ । घरमै बसेर अनलाईन मार्फत सवारी साधनहरु बुकिङ्ग गरी प्रयोग गर्न मिल्ने गरी आईतवार आयो क्याबको उद्घाटन गरिएको हो । वीरेन्द्रनगरमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गर्न र छिटो छरितो रुपमा यात्रा गर्न सहज बनाउने लक्ष्यका साथ आयो क्याबको सुरुवात गरिएको आयो क्यापका संचालक राजेश प्रशाद शाहले जानकारी दिए । आयोक्याब मार्फत सवारी साधन बुकिङ्ग गर्नका लागी आफ्नो मोबाईलमा आयोक्याबको एप्लीकेशन डाउनलोड गरी प्रयोग गर्नुपर्ने र बुकिङ्ग गरेको १० मिनेटमा सवारी ग्राहाक सम्मा पुग्ने व्यवस्था मिलाईएको शाहले जानकारी दिए । सुर्खेतमा कार, मोटरसाईकल र अटो रिक्सा गरी करवि २ हजार सवारीहरु प्रयोगमा ल्याईने शाहको भनाई रहेको छ । यो सेवा सुर्खेत, काठमाडौँ लगाएत सात वटै प्रदेशमा संचालन गर्ने तयारी रहेको शाहले बताए । यस आयो क्याबका लागी सुर्खेतमा २ हजार राईडरको आश्यक्ता पर्ने भएको भन्दै यहाँका युवाका लागी रोजगारीको अवशर सृजना भएको समेत शाहको भनाई रहेको छ । यस सेवा संचालनमा आए पश्चात नागरिकहरुलाई आवत जावत गर्न सहज, छिटो छरितो हुने अपेक्षा लिएको छ ।



दर्शन खबर । १३ कार्तिक २०७९, आईतवार