
सुर्खेत । चुनावको बखतमा आफुलाई भोट बैंक मात्र बनाउने गरेको भन्दै सुर्खेत गिरिघाटका बाढीपिडितहरु आन्दोलमा उत्रीएका छन् । आफुहरुको व्यवस्थापन नभएको भन्दै उनिहरुले आईतबार दिउसो ३ घण्टा कर्णाली राजमार्ग अन्तरगत गिरीघाटमा सवारी अवरुद्ध समेत गरेका थिए । प्रत्येक निर्वाचनमा आफुहरुलाई दलहरुले भोट बैंक मात्र बनाईने र आफुहरुको व्यवस्थापनमा सरकारले चासो नदिए पछी दवाब दिनका लागी आफुहरु आन्दोलनमा उत्रीएको बाढिपिडित व्यवस्थापन समितीका संयोजक सृजना विकले बताईन् । सडकको छेउमा बस्नुपर्दा बाढीपिडत समुदायका महिलाहरु आफैँमा असुरक्षीत हुने गरेको उनले बताईन् ।
चुनावको प्रचार प्रशारका लागी सुर्खेतबाट पश्चीम तर्फ गएका गठबन्धन दलका नेताहरु र नेकपा एमालेका नेताहरुलाई लक्षीत गरी आन्दोलन गरिएको बिकको भनाई रहेको छ ।
यस्तै बाढीपिडित चन्द्र बहादुर रजालीले आफुह सरकारले कुनै पनी व्यवस्थापन नगरेको हुदाँ बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष दिनेश खत्रीले बाढीपिडितहरको आन्दोलनल जायज भएको भन्दै यस तर्फ दलहरुले उनिहरुको व्यवस्थापनका लागी लिखित सहमती गरी अगाडी बढ्नुपर्ने बताए ।
२०७१ साउन २९, ३० र ३१ मा सुर्खेतका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट घरबार उजाडिएका ९ सय ७१ बढीपीडित घाटगाउँ, लेखपराजुल, गिरिघाट लगायतका स्थानमा पालमुनी बस्दै आएका छन् ।
पीडितको पुनःस्थापनाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सात करोड रुपैयाँ स्वीकृत गरेको थियो तर उक्तमको सहि व्यवस्थापन हुन नसक्दा बाढिपिडितहरुको वयवस्थापन हुन नसकेको हो ।


दर्शन खबर । १३ कार्तिक २०७९, आईतवार