पोखरीमा डुबेर सल्यानमा पुरुष बेपत्ता

सल्यान – सल्यानमा एक पुरुष पोखरीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–७ मैदुपोखरीमा डुबेर ४० वर्षीय तिलक कामी बेपत्ता भएका हुन् । मंगलबार दिउँसो नुहाउने क्रममा एक बजेतिर उनी डुबेका थिए । कामी डुबेको पोखरीस्थित अहिले बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजारस्थित प्रहरी टोली घटनास्थलमा गएर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार गाईबाख्रालाई पानी खुवाउनका लागि स्थानीयले पोखरी निर्माण गरेका थिए । पोखरीको गहिराई ६ फिट रहेको छ । मानव निर्मित भएकाले पोखरीको पानी हटाउन थालिएको उनको भनाई छ ।कान्तिपुर


तपाईको प्रतिक्रिया