काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष तर्फका उम्मेदवारले बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न पाउने भएको छ। निर्वाचन आयोगद्वारा कात्तिक ८ गते जारी सात बुँदे निर्देशन अनुसार प्रत्यक्ष तर्फका उम्मेदवारले तीन भन्दाबढी कार्यालय खोल्न पाउने छैन। प्रदेश सभा सदस्य पदका उम्मेदवारले भने एउटा भन्दा बढी कार्यालय खोल्न नपाउने आयोगको निर्देशनमा उल्लेख छ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ।


दर्शन खबर । ८ कार्तिक २०७९, मंगलवार