
कुलेन्द्र शाही सुर्खेत – नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम पूर्व मन्त्री तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हृदयराम थानीले मंसिर ४ गते हुने निर्वाचन काग्रेसको लागि पहिलेको भन्दा यो पटक फरक भएको बताएका छन। मङ्गलबार नेपाली काँग्रेस, सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै थानीले विगतको निर्वाचनमा एक्लै गएको र यो पटक पाँच दलिय गठबन्धन गरेको हुँदा काग्रेसको लागि यो पटकको चुनाव भिन्नै भएको बताएका हुन्।
उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुरानो कुरा भुलेर गठबन्धनलाई मत दिनु आम जनताको दायित्व भएको बताएका छन्। उनले सुर्खेतका ६ वटै सिट काँग्रेसको भविष्यको लागि जित्न आवश्यक रहेको दाबी गरे । उनले मंसिर ४ गतेको निर्वाचन गठबन्धनले जित्न नसके भोलीको युवाहरुलाई कठिन हुने चेतावनी दिएका छन् ।
उनले भने ‘हामीले अहिले अलिकति गडवड गर्यौ भने पनि चुनावमा ठुलो नोक्सानी हुने छ। सुर्खेतको भविष्य अन्धकार हुने छ । राजनिति गरिरहेका युवाहरुको भविष्य अन्धकार हुने छ ।’ त्यसैले आम जनताले सोचेर मात्रै भोट दिनुहोला । उनले आफ्नो उम्मेदवारी कुनै लोभ र आसको लागि नदिएको आम सुर्खेती जनताको आवश्यकता र वाध्यताले दिएको बताएका छन्। यस्तै उनले यो पटक गठबन्धन विजयी भएमा वड्डीचौर देखि बेनीघाट सम्मको सडक निर्माण तथा जंगलाघाट सम्म गएको बाटो तयार गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
भिडियो हेर्नुहोस।


दर्शन खबर । ८ कार्तिक २०७९, मंगलवार